Source
kantipur.ekantipur.com
भाद्र ८, २०७४
नयाँ दिल्ली

भाद्र ८, २०७४- बुधबार पाँच दिने भारतको राजकीय भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाको आज दिल्लीमा व्यस्त कार्यतालिका रहेको छ । बिहानदेखि बेलुका अबेरसम्म देउवा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त रहने छन् । देउवाको आजको मुख्य कार्यक्रम यस्ता छन् ।

· ९ बजे राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सन

· ९:३० बजे गान्धी समाधी स्थलको भ्रमण

· १०:३० मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटघाट

· ११:२५ मा देउवा र मोदीको भेटघाट

· १२ बजे डेलिगेसन तहको भेटघाट

· १ बजे सहमतिहरुको आदानप्रदान

· १ देखि ३ बजेसम्म लञ्च तथा अन्य अनौपचारिक भेटघाट

· ३:३५ मा भारतिय अर्थमन्त्री अरुण जेट्लीले भेट्ने

· ४:१५ मा भारतिय उपराष्ट्रपतिलाई भेट्ने

· ५ बजे भारतिय राष्ट्रपतिलाई भेट्ने

· यस बाहेकको समयमा देउवालाई भारतका विभिन्न राजनितिक दलहका नेताहरुले भेट्ने कार्यक्रम रहेको छ ।